कुलोमा डुबेर ६ वर्षीय रोहितसहित दुई जनाको मृत्यु — OSNepal

कुलोमा डुबेर ६ वर्षीय रोहितसहित दुई जनाको मृत्यु

LC (KTM) September 21, 2022 0

काठमाडौं, ५ असोज :

दाङ र उदयपुरमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

दाङको लमही नगरपालिका–६ देउपुर बस्ने नुमा भण्डारीको ६ वर्षीय छोरा रोहित भण्डारीको आफ्नै घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ ।

खेल्ने क्रममा उक्त कुलोमा डुबेर अशक्त भएका उनको तुलसी बाल अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने २२ वर्षीया लक्ष्मी सदाको मंगलबार दिउँसो मृत्यु भएको छ ।

दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर