अमेरिकामा कार्यरत प्रेमी अजय सिंह ठकुरीसँग विबाह गर्दै नायिका रिस्ता — OSNepal

अमेरिकामा कार्यरत प्रेमी अजय सिंह ठकुरीसँग विबाह गर्दै नायिका रिस्ता

LC (KTM) October 16, 2022 0

काठमाडौं ।

अभिनेत्री रिस्ता बस्नेतले प्रेमी सार्वजनिक गरेकी छिन् । फिल्म ‘हिजोआजका कुरा’को प्रिमियर जमघटमा अभिनेत्री रिस्ताले आफ्नो रिलेसनसिपबारे पनि खुलासा गर्दा माहोल प्रेममय बन्न पुग्यो ।

सो अवसरमा रिस्ताले अमेरिकाको न्युयोर्कमा कार्यरत आफ्ना प्रेमी अजय सिंह ठकुरीबारे खुलासा गरिन् । हालै नेपाल आएका रिस्ताका प्रेमी अजय र आफूहरु झण्डै एक वर्षदेखि रिलेसनसिपमा रहेको रिस्ताले सो अवसरमा संचारकर्मीहरुलाई जानकारी गराइन् ।

एकपछि अर्को रहस्य खोल्दै जाने क्रममा रिस्ताले आँफुहरुको छिट्टै नै विबाह गर्ने योजना समेथ रहेको रहस्य खोलीन् ।आफूहरु साथीभन्दा माथि रहेको स्वीकार्दै रिस्ताले आफूलाई अजयको धैर्य गर्ने क्षमता मनपर्ने कुरा बताउँदा खुशी देखिन्थिन् ।

उनले भनिन् ‘मलाई कसैले खुसीपूर्वक झेल्न सक्छ भने उहाँ नै हो,’ । रिस्ताको बानी व्यहोराबाट प्रभावित भएका अजयलाई उनको बोली र आँखा धेरै मन पर्छ रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर