सरकारले सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा दिने — OSNepal

सरकारले सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा दिने

LC (KTM) October 16, 2022 0

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिनेएको छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निणर््य गरेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रस्ताव बनिसकेको बताइएको छ ।शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय विदा दिने निर्णय भएको छ, यसको आधिकारिक सूचना सरकारी माध्यमबाट आउने श्रेष्ठले बताए ।

यो पनि पढ्नुहोस दयाहाङ र उपासनाको ‘२ नम्बरी’ले कमायो साढे ४ करोड
काठमाडौँ । फिल्म ‘२ नम्बरी’को एक सातामा साढे ४ करोड कमाएको छ । रिलिजको ८ दिनमा बक्स अफिसमा ४ करोड ४५ लाख ग्रस कलेक्शन गरेको निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा उल्लेख छ ।

निर्माण यूनिटका अनुसार फिल्म ‘२ नम्बरी’ले काठमाडौंमा २ करोड २० लाख ग्रस कलेक्शन गरेको छ भनजे चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगञ्जमा १५ लाख, दमकमा १५ लाख, बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख, सुर्खेतमा ४ लाखको ग्रस कलेक्शन गरेको छ ।

यस्तै, अन्य विभिन्न हलबाट फिल्मले १५ लाख ग्रस कलेक्शन गरेको बताइएको छ ।दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको फिल्म दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर