हलिउड अभिनेत्री एम्बर हर्डलाई उछिन्दै अभिनेत्री जोडी कोमर बनिन् विश्वकै सुन्दर महिला, दीपिका कति नम्बरमा परिन् ? — OSNepal

हलिउड अभिनेत्री एम्बर हर्डलाई उछिन्दै अभिनेत्री जोडी कोमर बनिन् विश्वकै सुन्दर महिला, दीपिका कति नम्बरमा परिन् ?

LC (KTM) October 17, 2022 0

काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्ड र किम कार्दसियन जस्ता विश्वकै सुन्दर महिलालाई उछिन्दै बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला बन्न सफल भएकी छिन् ।

ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ ब्युटी’मा आधारित रहेर कम्प्युराइज्ड म्यापिङ रणनीतिबाट वैज्ञानिकले बर्सेनि यस्तो सूची सार्वजनिक गरेसँगै अहिले जोडी कोमर विश्व चर्चित बन्न सफल भएकी छिन् ।

ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ ब्युटी’मा आधारित रहेर कम्प्युराइज्ड म्यापिङ रणनीतिबाट वैज्ञानिकले हरेक वर्ष सार्वजनिक गर्दै आएको सुन्दरी महिलाहरुको शारीरिक पूर्णताको लागि मापन गरिंदा जोडीका अनुहारका सबै तत्व पूर्ण पाइएसँगै उनलाई विश्वकै सुन्दरी महिलाको पहिलो नम्बरमा राखिएको हो ।

अन्तराष्ट्रिय मिडियाका अनुसार कोमरको नाक र ओठको पोजिसनिङले ९८.७ प्रतिशत अंक प्राप्त गरेको छ, जुन पूर्ण आकार प्राप्त गर्नबाट मात्र १।३ प्रतिशत मात्र टाढा छ । उनको नाकको लम्बाइ र चौडाले पनि उच्च स्कोर प्राप्त गरेको बताइन्छ । शारीरिक पूर्णता निर्धारण गर्न सूत्रहरु प्रयोग गरेर सुन्दरीहरु छानिने यो एक गणितीय विधि हो ।

जसमा यसअघि हलिउड अभिनेत्री एम्बर हर्ड पनि सूचीको शीर्षस्थानमा परेकी थिइन् । बियोन्से र किम कार्दसियन पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् भने संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण पनि परेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर