एकाबिहानै ६.६ म्याग्निच्यूडको भूकम्प जाँदा डोटीमा घर भत्किँयो, ३ जनाको मृत्यु — OSNepal

एकाबिहानै ६.६ म्याग्निच्यूडको भूकम्प जाँदा डोटीमा घर भत्किँयो, ३ जनाको मृत्यु

LC (KTM) November 09, 2022 0

काठमाडौँ । बुधबार राति २ बजेर १२ मिनेटमा भूकम्प जाँदा तीन जनाको मृत्यु भएको छ ।

६.६ म्याग्निच्यूडको भूकम्पको धक्काले पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्किँदा एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।

मृतकको अझै सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले उद्दारमा नेपाली सेनाको टोली खटिएको छ । भूकम्पले घर भत्किँए लगत्तै अन्य घाइतेहरुको उद्धार गरिएको भएता पनि यस विषयमा थप जानकारी आउन बाँकी छ ।

यो पनि : हुम्लामा औषधि अभाव, बिरामी समस्यामा : ढुवानी समस्यका कारण हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ । चालु आर्थिक वर्षमा औषधि खरिद तथा प्रदेशबाट आपूर्ति नहुँदा अभाव भएकाे हाे ।

उपचारका लागि अस्पताल आएका बिरामीहरू औषधिविनै फर्किने गरेका छन् । सिमकोट गाउँपालिका–८ का अनिल शाहीले अस्पतालमा औषधि नपाएर हैरान भएको बताइन् ।

भर्ना भएरै उपचार गरिरहे पनि औषधि भने बाहिरका निजी मेडिकल र फार्मेसीबाट ल्याउनु परेकाे उनले सुनाइन् । आफू जस्तैं सातजना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरिरहे पनि सबैले औषधि बाहिरबाट किनेर ल्याउने गरेकाे सुनाइन् ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले अस्पतालमा औषधिको नभएको बताए । अस्पतालको भण्डारमा औषधि नभएपछि बिरामीलाई चेकजाँच गरेर फिर्ता पठाउनु पर्ने अवस्था रहेकाे उनले बताए । विशेषगरी शल्यक्रिया गर्दा आवश्यक पर्ने औषधि, सुत्केरी गराउँदाका चाहिने औषधि, दम, निमोनिया, अन्य दीर्घरोगीले खाने औषधि नभएकाे उनले बताए । अस्पतालमा सबैभन्दा बढी प्रयोग हुने सिटामोल समेत केही दिनमै अभाव हुने उनले जानकारी दिए ।

यही अवस्था रहे अस्पतालले विनाऔषधि उपचार गर्नु पर्ने देखिएको छ। अस्पतालमा हालसम्म अघिल्लो आर्थिक वर्षको औषधि प्रयोग भइरहेको र नयाँ औषधि खरिद भएको भए पनि ढुवानी भएर आउन नसकेको बताए । अस्पतालको नाममा आएको १० लाख रुपैयाँबाट एक महिनाअघि औषधि खरिद गरेको तर ढुवानी समस्यले नेपालगन्ज नै रहेको बताए ।

नेपालगन्ज विमानस्थलमा सात क्विन्टल अत्यावश्यकदेखि सबै खाले औषधि खरिद गरेर राखिएको भए पनि ढुवानी हुन सकेको अस्पतालले जनाएको छ । एयरलाइन्सहरूसँग हारगुहार गर्दा पनि औषधि जस्तो संवेदनशील वस्तु समेत ढुवानी गर्न नमानेको आराेप छ । प्रदेश आपूर्ति केन्द्र सुर्खेतसँग दुई महिना अगाडि ७५ प्रकारका औषधि माग गरेर पठाए पनि अहिलेसम्म आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर