नेपाली नायिका परमिता राणाले बलिउड फिल्म 'उचाइ’मा सारिका हसनको डमी कलाकारको भूमिकामा काम गरेकी थिइन् — OSNepal

नेपाली नायिका परमिता राणाले बलिउड फिल्म ‘उचाइ’मा सारिका हसनको डमी कलाकारको भूमिकामा काम गरेकी थिइन्

LC (KTM) November 16, 2022 0

काठमाडौं । नेपालमा समेत छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ अहिले हलमा चलिरहेको छ । फिल्मले नेपालमा पनि राम्रो कमाइ गरेको छ । फिल्ममा नेपाली अभिनेत्री परमिता राणाको पनि अभिनय रहेको छ ।

उनी फिल्ममा अभिनेत्री सारिका हसनको डमी कलाकारको रुपमा देखा परेकी थिइन् । फिल्मको नेपाली लाइन प्रोड्युसरका अनुसार परमितालाई डमी एक्टरको रुपमा मात्र अनुबन्धित गरिएको थियो ।

सारिकाजीलाई हिंड्न मुस्किल भए टाढाबाट खिच्नुपर्ने लङसटका दृश्यमा मात्र परमिताले डमी कलाकारको रुपमा काम गरेको बताइएको छ । अमिताभ बच्चन नेपालमा नआए पनि उनको डमी कलाकार भारतबाटै ल्याइएको थियो । फिल्मम अभिताभ बच्चन अनुपम खेर परिणती चोपडा लगायतका कलाकारको अभिनय रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर