७५ रुपैयाँमा कुरा नमिल्दा महिलालाई गोली हानेर मारियो, खेत जोत्ने विषयमा भएको थियो झगडा — OSNepal

७५ रुपैयाँमा कुरा नमिल्दा महिलालाई गोली हानेर मारियो, खेत जोत्ने विषयमा भएको थियो झगडा

LC (KTM) December 03, 2022 0

काठमाडौं । कल्पना नै गर्न नसकिने कुरा ७५ रुपैयाँकाएक महिलाको हत्या गरिएको छ ।

त्यो पनि गोली हानेर विभत्स तरिकाले । खबर हो भारतको राजस्थानको करौली जिल्लाको मालपुर थाना क्षेत्रको ।

मृतक महिलाको परिवारले खेत जोत्न ट्याक्टर मागेपछि सवा बिघा खेत जोतिएको बताउँछ भने अभियुक्त पक्षले डेढ बिगा भएको जिकिर गर्छ । आधा बिघा जग्गा कम कि बढी जोतेको भन्ने विवाद बढ्दै गएपछि यो घटना घटेको बिबिसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार घटना रोक्न प्रयास गरिरहेका अन्य दुई युवा घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न सात आरोपीहरूलाई शुक्रबार पक्राउ गरेको छ ।

सुरुमा ७५ रुपैयाँको लेनदेनमा कुरा नमिल्दा गोली हानेर चलाएको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ । मृतक महिलाको परिवार र अभियुक्त एउटै गाउँका हुन् । महिलाको हत्यापछि गाउँमा तनाव बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर