इङ्लिस प्रिमियर लिग: टोटनहम पराजित — OSNepal

इङ्लिस प्रिमियर लिग: टोटनहम पराजित

LC (KTM) January 02, 2023 0

काठमाडौं, १८ पुस:इङ्लिस प्रिमियर लिगअन्तर्गत आइताबार राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ ।

जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ ।

टोटनहम घरेलु मैदानमा एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र डुग्लसा लुइसले समान एक गोल गरे ।

खेलको ५० औं मिनेटमा इमीको गोल मार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो । इमीले ओली वाट्किन्सको पासलाई सदुपयोग गरेका थिए । ७३ औं मिोटमा डुग्लासले गोल गर्दै एस्टन भिल्लालाई २–० को जित दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर