बाराकी १५ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३७ बर्षिय लालबाबु प्रहरी नियन्त्रणमा — OSNepal

बाराकी १५ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३७ बर्षिय लालबाबु प्रहरी नियन्त्रणमा

LC (KTM) January 03, 2023 0

बारा, १९ पुससइलाका प्रहरी कार्यालय निजगढले १५ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो ।

चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको भनेर आफन्तले जानकारी दिएपछि उनलाई पक्राउ गरेको निरीक्षक ओलीले जानकारी दिए ।

जिल्ला अदालतबाट म्याद लिएर चौधरीमाथि जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर