एम्बाप्पे र करिम बेन्जमालाई पछि पार्दै मेस्सीले जिते फिफा वर्ष खेलाडीको उपाधि — OSNepal

एम्बाप्पे र करिम बेन्जमालाई पछि पार्दै मेस्सीले जिते फिफा वर्ष खेलाडीको उपाधि

LC (KTM) February 28, 2023 0

एजेन्सी । विश्वचर्चित फुटबलर लियोनल मेस्सी सन् २०२२ को फिफा वर्ष खेलाडी घोषित भएका छन् । मेस्सीले यो उपाधिका लागि फ्रान्सका खेलाडी किलियन एम्बाप्पे तथा रियल मड्रिडका फ्रान्सका खेलाडी करिम बेन्जमालाई पछि पार्दै बाजी मारेका हुन् ।

फिफाले हरेक वर्ष दिने बेस्ट फुटबल अवार्ड अन्तर्गत पुरुषतर्फको वर्ष खेलाडी बन्दै ३५ वर्षीय मेस्सीले अर्को किर्तीमानी काम गरेका छन् ।गएको वर्ष अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताएका उनले २०२१र२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

त्यस्तै फिफा बेस्ट अवार्डमा महिलातर्फ बार्सिलोनाकी स्पेनिस खेलाडी अलेक्सीया पुटेलास वर्ष खेलाडी घोषित भइन् ।उनले गत सिजन बार्सिलोनाको लागि ३४ गोल गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर