चर्चित कमेडियन भारतीलाई सुटिङकै क्रममा लेबर पेन सुरु भएको गरिन् खुलासा , सुटिङ सकेरै अस्पताल गएकी थिईन् — OSNepal

चर्चित कमेडियन भारतीलाई सुटिङकै क्रममा लेबर पेन सुरु भएको गरिन् खुलासा , सुटिङ सकेरै अस्पताल गएकी थिईन्

LC (KTM) March 11, 2023 0

राम्रो सेन्स अफ ह्युमर भएकी भारती सिंहले आफ्नो प्रतिभाका आधारमा मनोरञ्जन क्षेत्रमा लाफ्टर क्वीनको पहिचान बनाएकी छिन् । भारतीले २०१७ मा हर्ष लिम्बाचियासँग विवाह गरेकी थिइन् । ३ अप्रिल २०२२ मा उनी एक छोराकी आमा बनिन् । भारती र हर्षले आफ्नो प्यारो छोराको नाम ‘लक्ष’ राखेका छन् । भारती र हर्षले आफ्नो प्यारो छोरालाई गोला भनेर बोलाउँछन्।

कमेडियन भारती सिंह यतिबेला चर्चामा छिन् । भर्खरैको एक अन्तर्वार्तामा भारतीले आफ्नो गर्भावस्थाको अनुभव शेयर गरेकी छिन् । यसै क्रममा उनले निकै चकित पार्ने खुलासा गरेकि छिन् ।भारतीले एउटा शोको सुटिङका क्रममा आफुलाई लेबर पेन सुरु भएको बताएकी हुन् । भारतीले भनिन्,– खतरा खतरा शोको सुटिङका क्रममा लेबर पेन हुन थालेको थियो, एन्कर गर्न स्टेजमा पुगेपछि पेट दुख्न थाल्यो ।

कमेडियनले थपिन्,-पहिलो गर्भावस्थामा यी सबै कुरा थाहा हुँदैन। सुटिङपछि डाक्टरलाई बोलाउने सोचेको थिएँ। प्रसव पीडा हुँदा पनि सुटिङ पूरा गरेँ। सुटिङपछि फोन गरेँ। फोन गरेर डाक्टरलाई बोलाए । भारतीले थप भनिन्, ‘छायांकन सकिएपछि मैले हरेक १५ मिनेटमा पेट दुख्ने गरेको डाक्टरलाई बताएको थिएँ, डाक्टरले सुत्केरीको पीडा भएको बताए । सुटिङ सकेर घर आएपछि थाहा भयो । हामी कसैलाई डिस्टर्ब गर्न चाहँदैनथ्यौं। त्यसैले हर्ष र म दुवै अस्पताल गयौं। हामीले स्टाफ, आमाबुवा, परिवार, आफन्तलाई फोन गरेनौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर