कांग्रेसले चन्दा नपाएकै रिसमा बुढिगण्डकी सम्झौता खारेज गरेको हो–ओली

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

एमाले अध्यक्ष केपी ओलीले जलविद्युत आयोजनाको लाइसेन्स वेचेर चुनावी चन्दा उठाउदै आएको कांग्रेसले चन्दा नपाएकै रिसमा बुढिगण्डकी सम्झौता खारेज गरेको बताएका छन् । सरकारले हिजोमात्रै प्रचण्ड नेतृत्वको सरकारले गरेको बुढीगण्डकी निर्माणका लागि चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय रद्ध गर्ने निर्णय गरेको थियो । मंगलबार काठमाडौमा बाम गठबन्धनका उम्मेदवारको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बुढिगण्डकी सम्झौता चन्दा नदिएको झोकमा सरकारले खोसेको आरोप लगाएका हुन ।
चुनाव विथोल्न विप्लब माओवादीका कार्यकर्ताले उम्मेदवारमाथि गोली हान्ने र सरकारबीच साँठगाँठ रहेको भन्दै ओलीले उम्मेदवारमाथि बम हान्नेहरुको र सरकारको एउटै नियत भएको बताए । चुनावका मुखमा सरकारले राज्यकोषबाट कांग्रेसका कार्यकर्तालाई २३ करोड बाडेको आफुले सुनेका भन्दै ओलीले सरकारलाई राज्यकोष रित्याउने काम तुरुन्त बन्द गर्न चेतावनी पनि दिए ।
आफ्नो देशको राष्ट्रियता बेच्दै सरकार भारतसाग लम्पसार परेको पनि ओलीले बताए । उनले कांग्रेसको जालझेल र षडयन्त्रबाट कम्युनिष्ट सरकार बन्नबाट नरोकिने भन्दै सरकार बनाएर छाडने बताए कांग्रेस लोकतन्त्रबादी पार्टी नभएको भन्दै ओलीले लोकतन्त्रबादी कम्युनिष्ट भएकाले कम्युनिष्टलाई नै भोट दिएर लुटतन्त्रबादी कांग्रेसलाई पराजित गर्न आव्हान गरे ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!