चर्चित टक शो कफी विथ करण कमब्याक हुँदै , पहिलो गेष्ट रणवीर कपुर र आलिया भट्ट — OSNepal

चर्चित टक शो कफी विथ करण कमब्याक हुँदै , पहिलो गेष्ट रणवीर कपुर र आलिया भट्ट

LC (KTM) April 18, 2023 0

विवादित टक शो ‘कफी विथ करण’ चाँडै कमब्याक हुँदैछ । फिल्म निर्माता करण जोहरको च्याट शो ‘कफी विथ करण’ मा धेरै कथा जन्मिएका छन् । कतिपय सेलिब्रेटीको रहस्य खुलासा भएको छ भने धेरैले चकित पार्ने खुलासा पनि गरेका छन् । शोको हालसम्म ७ सिजन आएका छन् र अब शोको ८ औँ सिजन आउन लागेको छ, जसका लागि फ्यानहरु निकै उत्साहित छन् ।

बलिउडको सुपरहिट जोडी कफी विथ करण सिजन ८ को पहिलो एपिसोडमा देखिने बताइएको छ । हो तपाई सहि सोच्दै हुनुहुन्छ। यो जोडी अरु कोहि होइन आलिया भट्ट र रणवीर कपुर हो । पहिलो एपिसोडमा आलिया भट्ट र रणवीर कपुर अतिथिको रूपमा देखिएका छन्। करण जोहर बलिउडको यो आदर्श जोडी यस शोमा आफ्नो वैवाहिक जीवनको बारेमा खुलेर कुरा गर्न चाहन्छन्।

करण जोहरले च्याट शोमा यी जोडीको जीवनमा, विवाहपछि उनीहरुले कस्तो परिवर्तन महसुस गरिरहेका छन् भन्ने बारेमा कुरा गर्नेछन् । यससँगै करण जोहरले शोमा यो जोडीसँग अभिभावकत्वको बारेमा पनि कुरा गर्नेछन् । पछिल्लो सिजनमा आलिया र रणवीर सिंह पहिलो एपिसोडमा देखा परेका थिए । केजोले फाइनल एपिसोडको शुरुवातमा शाहरुख खानलाई पनि समावेश गर्ने योजना बनाएको खबर छ ।

शाहरुख खान सिजन ७ मा नदेखिएका कारण करणले उनलाई बोलाउन चाहेका छन् । यस बाहेक करणका सबै मनपर्ने स्टारहरू करीना कपूर खान, अक्षय कुमार, वरुण धवन, सिद्धार्थ मल्होत्रा पनि काउचमा बसिरहेका देखिनेछन्। कफी विथ करणको यो नयाँ सिजन जुनको अन्त्यबाट अनलाइन स्ट्रिम हुने बताइएको छ । यो शो ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा स्ट्रिम गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर