आगोमा धूँवाको मुस्लोसँगै यसरी अस्ताए प्रकाश, रुदैं विदाई गरे प्रचण्डले…{भिडियो सहित}

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण आइतबार विहान निधन भएको थियो । घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरे । प्रकाश पशुपतिमा जल्दै गर्दा उनलाई अन्तिम पटक हेर्न आउने सर्वसाधारणहरुको भीड पनि निकै बाक्लो थियो । हेर्नुहोस् यो भिडियो

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!