प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म गोविन्द केसीले अनसन नतोड्ने



काठमाडौं : सर्वोच्च अदालतले तारेखमा छाडेपनि आफ्ना सबै माग पुरा नभएसम्म डाक्टर गोविन्द केसीले अनसन नतोेड्ने बताएका छन् । प्रधानन्यायाधीस गोपाल पराजुलीका शैक्षिक योग्यता लगायतका कागजातको छानविन गर्न सर्वोच्च प्रशासनले बुधबार आदेश दिएपनि आफुले उठाएका ५ वटा माग पुरा नभएसम्म अनसन नतोड्ने बताएको केसीको अडान छ।

उनका सहयोगी जीवन क्षेत्रीका अनुसार केसीले अदालतबाट रिहा भएपनि त्रिवि शिक्षण अस्पतालमा अनसन बनेका छन् । डाक्टर केसीले अब प्रधानन्यायाधीस गोपाल पराजुली न्यायालयको नेतृत्व गर्न योग्य नरहेको पनि आरोप लगाएका छन्।

उनले न्यायलयको भ्रष्टाचार अन्त्य, प्रधानन्यायाधीसको राजिनामा, चिकित्सा शिक्षा आयोग गठन, आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्त, मापदण्ड पुरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिवीका पदाधिकारीको वर्खास्ती र त्रीवी शिक्षण अस्पतालको सुधार लगायतका माग गर्दै गएको सोमबार अनसन सुरु गरेका हुन् ।

तर अदालतको अवहेलना गरेको भन्दै उनलाई सोमबार नै पक्राउ गरिएको थियो । यस्तै प्रधानन्यायाधीस गोपाल पराजुलीको राजीनामा लगायत माग गर्दै डाक्टर गोविन्द केशीले गरिरहेको अनसनको समर्थनमा काठमाडौमा प्रदर्शन भइरहेका छन्।

Comment