कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए — OSNepal

कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए

LC (KTM) January 21, 2024 0

काठमाडौं। दुई वर्षअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स ९यूएई० पुगेका मोरङ केराबारी गाउँपालिका–७ निवासी ३५ वर्षीय पदमबहादुर लिम्बु गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूएईको सहयोगमा नेपाल फर्किएका छन् ।

यूएईमा दुई वर्षदेखि काम गर्दै आएका ३५ वर्षीय लिम्बु दुई महिनाअघि शौचालयमा चिप्लिएर लड्दा उनको दाहिने खुट्टाको हड्डी भाँच्चिएको थियो । आर्थिक अभावकै कारण उनको उपचारमा समस्या भएको थियो । साथीभाइको सरसहयोगबाट उपचार गराएका उनलाई अस्पतालबाट डिस्चार्ज भएपछि स्वदेश फर्काउन समेत आर्थिक समस्या भएको थियो । एनआरएनए यूएईका प्रवक्ता रुद्र थापाले आर्थिक संकलन गरी उनलाई नेपाल पठाइएको बताए ।

एनआरएनए उपाध्यक्ष तथा राहत उद्धार समितिका संयोजक भीम मल्ल ठकुरीका अनुसार आर्थिक अवस्था निकै नाजुक रहेको र हालसम्म काम गरी कमाएको रकम पनि उपचारमै खर्च भएकाले उनले हवाई टिकट काटी नेपाल जानका लागि सहयोग गरिदिन एनआरएनमा निवेदन दिएका थिए । निवेदन आएपछि एनआरएनए यूएईका अध्यक्ष विकास शाही, उपाध्यक्ष तथा राहत उद्धार संयोजक ठकुरीले वास्तविक पीडित ठहर गरेर नेपालसम्म जानका लागि हवाई टिकट उपलब्ध गराएको प्रवक्ता थापाले बताए ।

पछिल्लो समय एनआरएनए यूएईको निर्वाचनबाट नयाँ टिम निर्वाचित भएसँगै राहत तथा उद्धार समितिले आपतमा परेका नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने कार्यलाई तीव्रता दिएको छ ।

श्रमिकको लासमाथि राजनीति नगर्न चेतावनी

रोजगारीको सिलसिलामा कुनै कारणवश नेपाली कामदारको मृत्यु भएमा मृतकको शव मृतकले काम गर्ने कम्पनीले नै नेपाल पठाउने प्रावधान रहेको भन्दै उपाध्यक्ष मल्लले श्रमिकको लासमाथि राजनीति नगर्न चेतावनी दिएका छन् ।

जति पनि कामदारको मृत्यु भएको छ, करिब ९९ प्रतिशत शव कामदारले काम गर्ने कम्पनीले नै पठाइरहेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् ।

कुनै कारणबस कम्पनीले नपठाएको खण्डमा श्रम स्वीकृति गरेकाहरूलाई नेपाल सरकारको खर्चमा शव नेपाल पठाइने गरिएको छ । त्यो पनि नभएकाको मृतकका आफन्तले नै खर्च जुटाएर शव नेपाल लगिरहेको उनले बताए । भिजिटमा आएर मृत्यु भएकाको शव नेपाल पठाउन केही संघ संस्थाले सहयोग गरिरहेका छन् ।राजधानी दैनिकमा खबर छ ।

‘यूएईमा स्थापित अग्रज संस्था भनेर भन्ने र डलरमा भत्ता बुझ्ने तर लाशमाथि पनि राजनीति गर्न नछाड्नेको नामावली प्रमाणसहित छिट्टै पर्दाफास हँुदै छ,’ उनले लेखेका छन्, ‘आफंैले आफैंलाई कथित समाजसेवी भन्न छाडौं । लाशमाथि राजनीति गर्ने काम पनि आजैबाट छाडौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर