अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ — OSNepal

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

LC (KTM) January 25, 2024 0

काठमाडौं, ११ माघ- झापा, कमल गाउँपालिका(७ धिमाल डाँडास्थित सानो होटलबाट अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम र ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित होटल सञ्चालक बि माया धिमालसमेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका(१४ नयाँ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम र नगद ३५ हजार ३ सय ५ रूपैयाँसहित सोही ठाउँ बस्ने ३७ वर्षीया कमली नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कमलीको रेष्टुरेन्ट तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, थाहा नगरपालिका(८ गल्छीबाट अवैध लागूऔषध गाँजा करिब १० किलो र नगद ७४ हजार ९ सय ९५ रूपैयाँसहित धादिङ गजुरी गाउँपालिका(८ महादेवखर्क बस्ने ४३ वर्षीय सानुकान्छा स्याङतानलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका(१० व्यारेल गडडाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन ८३ मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(३ बस्ने २८ वर्षीय दिवस कुँवर र सोही नगरपालिका(१ बस्ने २८ वर्षीय प्रेम राज जोशी रहेका छन् । प्रहरी चौकी गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका(१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित सोही नगरपालिका(१० शिवनगर बस्ने २६ वर्षीय प्रशान्त चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर