वर्षौदेखि माधव नेपालकै गुटमा लागेर अघि बढेका योगेश भट्टराई अहिले किन यसरी माधवकै खेदो खनिरहेका छन् ? — OSNepal

वर्षौदेखि माधव नेपालकै गुटमा लागेर अघि बढेका योगेश भट्टराई अहिले किन यसरी माधवकै खेदो खनिरहेका छन् ?

LC (KTM) November 09, 2021 0

ताप्लेजुङ, २३ कात्तिक । नेकपा एमाले पार्टीको सचिव योगेश कुमार भट्टराईले गठबन्धन सरकारको आयु लामो नरहेको बताएका छन् । ताप्लेजुङको सदमुका फुङ्लिङमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आवेगमा एमाले पार्टीको विरुद्धमा पाँच दलको गठबन्धन भएकाले गठबन्धन सरकारको आयु लामो नरहेको बताए ।

गठबन्धनमा आवद्ध दल नस्पाती र सुन्तला जस्तै कुनै गुण, र‌ंग, रस नमिल्ने भएकाले केही समयमै गठबन्धन सरकार विघटनतिर जाने उनकाे दाबी छ । ‘अहिलेको गठबन्धन सरकार नस्पाती र सुन्तलाको कलमी जस्तै हो’, उनले भने ।

गठबन्धन दलहरूमा विघटनको संकेतहरु देखापर्न थालेकाले आगामी निर्वाचनसम्म पनि यसकाे आयु नरहेन नेता भट्टराईकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर