ए डिभिजन लिगमा आर्मीको पहिलो जित — OSNepal

ए डिभिजन लिगमा आर्मीको पहिलो जित

LC (KTM) December 05, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जित निकाल्न सफल भएको छ । आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै आर्मीले लिगमा पहिलो जित निकाल्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीका कप्तान भरत खवासले निर्णायक गोल गरे ।

पहिलो हाफमा कुनै गोल हुन नसके पनि दोस्रो हाफमा आर्मीले गोल गर्दै जित निकालेको हो । खेलको ८५ औं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई जित दिलाएका हुन् । यस जितसँगै आर्मीले ३ खेलमा ५ अंक जोडेको छ । आर्मी चौंथो स्थानमा उक्लिएको छ । ब्रिगेड ४ अंक जोडेर आठौं स्थानमा रहेको छ । आजको खेलको म्यान अफ दि म्याच भरत खवास चुनिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर