अमेरिका निवासी इञ्जिनियरसँग इन्गेजमेन्ट गरिन् सुन्दरी गायिका प्रविशाले — OSNepal

अमेरिका निवासी इञ्जिनियरसँग इन्गेजमेन्ट गरिन् सुन्दरी गायिका प्रविशाले

LC (KTM) November 18, 2021 0

काठमाडौं । सुमधुर स्वरकी धनी सुन्दरी गायिका प्रविशा अधिकारीले आज इन्गेजमेन्ट गरेकी छिन् । पछिल्ला दिनमा भ्वाइस किड्सकी कोचका रुपमा काम गरिरहेकी गायिका प्रविशाले निर्माण सिटौलासँग आज इन्गेजमेन्ट गर्दै मंसि ५ गते विबाह गर्ने पक्का भएको छ ।

झापा चारपाने निवासी निर्माण विबाहका लागि अमेरिकाबाट नेपाल आएका हुन् । असोजमा बिहे गर्ने तयारी गरिए पनि केही कारणले मंसिर ५ का लागि विबाह सारिएको पारिवारिक स्रोतले जनाएको छ ।

पेसाले इन्जिनियर रहेका निर्माणसँग प्रविशाले दुवैको परिवारको सहमतिमा विबाह गर्न लागेको ओएस नेपाललाई जानकारी दिइन् । प्रविशा पछिल्लो पुस्ताकी बढी हेरिने र सुनिने गायिका हुन् । उनको चलचित्र रोजको फूल होइन बोलको गीतबाट निकै चर्चा कमाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर