काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १२० रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ६२ पैसा रहेको छ ।
युरो एकको खरिददर १३५ रुपैयाँ २५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९३ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?