आफ्नै नाबालिका छोरीलाई विगत तिन वर्ष देखि डरत्रास देखाई जबरजस्ती यौन हिंसा गर्ने एक पुरुष पक्राउ — OSNepal

आफ्नै नाबालिका छोरीलाई विगत तिन वर्ष देखि डरत्रास देखाई जबरजस्ती यौन हिंसा गर्ने एक पुरुष पक्राउ

LC (KTM) November 27, 2021 0

दैलेख ११ मंसिर । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पिडित किशोरीको आमाले प्रहरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यलय दैलेखबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार ति नाबालिका छोरीलाई विगत ३ वर्षदेखि पटकपटक डरत्रास देखाई र प्रलोभनमा पारी जबरजस्ती यौन हिंसा गर्ने गरेको बताइएको छ ।

पक्राउ परेका ति पुरुषलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु भएको दैलेख प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर