जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै — OSNepal

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

LC (KTM) April 26, 2024 0

काठमाडौ – जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो । सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर