काठमाडौँ १८ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।
आज सोमबार पत्रकार सम्मेलन गरी मन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक अरु सरकारको कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् ।
आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।
यस भन्दा अगाडी आफुले गरेको व्यवसायमा आवद्ध नहुने बताउँदै मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता भनेको खोप भएको बताएका छन् ।