एमाले अछाममा ओली भर्सेस रावल, मतगणना हुँदै — OSNepal

एमाले अछाममा ओली भर्सेस रावल, मतगणना हुँदै

LC (KTM) January 12, 2022 0

अछाम, २८ पुस- एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियाे । बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि साढे तीन घन्टा ढिला गरी मतगणना सुरु भएकाे हाे ।

सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत खडक खड्काले जानकारी दिए । उनका अनुसार पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्नेछ । सदस्यहरूको गणना राति अबेरसम्म सक्ने उनले बताए ।

अधिवेशनमा सात सय ६२ प्रतिनिधिमध्ये सात सय ४९ जनाले मतदान गरेका थिए । अछामको एमाले नेतृत्वका लागि दुईवटा समूह चुनावी मैदानमा छन् । पार्टी अध्यक्ष केपी ओली समूहबाट चन्द्र बोहरा र नेता भीम रावल समूहबाट प्रकाश शाह प्यानलसहित प्रतिस्पर्धामा छन् ।

बोहरा प्यानलबाट उपाध्यक्षमा भीम विष्ट, सचिवमा आदर्श साउद उम्मेदवार छन् भने शाह प्यानलबाट उपाध्यक्षमा बलबहादुर कुँवर र सचिवमा भीम रावल (कालो टोपी) मैदानमा छन् । उपसचिवमा शाहको प्यानलबाट प्रेम महर र प्रेम खत्री उम्मेदवार बनेका छन् । बोहरा प्यानलमा सहमति नहुँदा चारजना उम्मेदवार बनेका छन् । उपसचिवमा उम्मेदवार बनेका नवराज साउद, टोपबहादुर शाही, शेरबहादुर बुढा र लिलाराज केसी बोहरा निकट मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर