कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगितामा बिर्तामोड र बाह्रदशी बिजयी — OSNepal

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगितामा बिर्तामोड र बाह्रदशी बिजयी

LC (KTM) November 30, 2021 0

झापामा कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिता आज देखि सुरु भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको आजको खेलमा बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिका बिजयी भएका छन्। कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएको हो ।

प्रतियोगिताको म्यान अफ दि म्याच बाह्रदशीका सुदिप कार्की घोषित भए । त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा बिर्तामोड नगरपालिका बिजयी भएको छ । बुद्धशान्ति गाउँपालिकालाई २०–२५, १८–२५ को सोझो सेटमा पराजित गर्दै विर्तामोड नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । झापा जिल्ला भित्रका पालिका स्तरीय हुने यस प्रतियोगितामा झापा जिल्लाभरीका १० वटा पालिकाहरुको सहभागिता रहेको खेल संयोजक सुदिप राईले बताएका छन् ।

प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागि रहेका छन् । प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक राईले बताए । प्रतियोगितामा भोलि शिवसताक्षी नगरपालिकाले कन्काई नगरपालिकाको सामना गर्दा गौरादह नगरपालिकाले भद्रपुर नगरपालिकासँग भिड्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर