कमेडियन भरतमणी पौडेललाई कोरोना पोजेटिभ — OSNepal

कमेडियन भरतमणी पौडेललाई कोरोना पोजेटिभ

LC (KTM) August 07, 2021 0

नेपालकै पहिलो अग्र्यानिक कमेडी शो कमेडी च्याम्पियन शो का फ्यानहरु लागि एउटा दुःखद खबर रहेको छ । यस रियालिटी शो मा एकदमै रुचाइएका तथा मन पराइएका कमेडियन भरतमणी पौडेललाई कोरो संक्रमण भएको छ । अघिल्लो हप्ताको बुधबार देखी नै उनलाई कोरोनाको लक्षण देखिएको थियो ।

जब आफुमा कोरोनाको जस्तो लक्षण देखिए पछि उनले परीक्षण गराएका थिए । परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी अहिले सामान्य अवस्थामै रहेका छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन् ।

उनी अहिले कमेडी च्याम्पियनकै क्लोज क्याम्पमा आइसोलेट रहेको निर्माण पक्षले जानकारी दिएको छ । कोभिड संक्रमण भएपछि भरतमणि अघिल्लो एपिसोडमा देखिएका थिएनन् । उनी उत्कृष्ट ७ को प्रतिस्पर्धामा नदेखिए पछि सबैलाई चासो भएको थियो । अन्ततः उनी कोरोना पोजेटिभ भएर आइसोलेट अवस्थामा रहेको बताइएको छ ।

अन्य प्रतिष्पर्धीहरु मध्ये अलि बढी रुचाइएका कमेडियन भरतमणी नेपाल रहेका छन् । ताप्लेजुङकै भएकोलेउनको पक्षमा युवा नेता योगेश भट्टराई खुलेर सर्पाेटमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर