कांग्रेस नेता मोहनबहादुर बस्नेत नर्भिक अस्पताल भर्ना — OSNepal

कांग्रेस नेता मोहनबहादुर बस्नेत नर्भिक अस्पताल भर्ना

LC (KTM) November 23, 2021 0

काठमाडौँ, ७ मङ्सिर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहनुभएका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित हुनुभएको हो । जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिनुभयो । उहाँ पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुनुहुन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर