जानि राखौ गर्मी महिनामा नाकबाट रगत किन बग्छ ? — OSNepal

जानि राखौ गर्मी महिनामा नाकबाट रगत किन बग्छ ?

LC (KTM) December 02, 2021 0

काठमाडौं । गर्मी लागेसँगै नाक सुक्खा हुने तथा नाकबाट रगत आउने समस्याबाट मानिस पीडित छन् । सङ्क्रमणको कारणले गर्दा नाकबाट रगत आउछ । धेरै गर्मी भएको खण्डमा पनि नाकबाट रगत आउने गर्दछ ।

सङ्क्रमणको कारणले मात्रै नभएर नाक कोट्याउने बानी, चोटपटक, ठोक्किएर, पिनास, नाकको भित्रको मसिनो पर्दा फुटेर पनि नाकबाट रगत आउने गर्दछ । रगत जमाउने तत्वमा कमी आउँदा पनि नाकबाट रगत आउने गर्दछ । धुलो तथा धुँवाको कारणले पनि नाकबाट रगत आउने गर्दछ । नाक सुक्खा भयो भने रगत आउछ ।

नाकबाट धेरैनै रगत आएको खण्डमा समयमानै उपचार गराउनु पर्दछ । दिनदिनै रगतको मात्रामा बृद्धि भएर नाकबाट रगत आईरहेको खण्डमा रक्तचाप कम हुने समस्या देखा पर्दछ । केहि समयको लागी मात्रै आएको हो भने बरफ नाक माथि राख्दा पनि ठिक हुन्छ तर , धेरैनै रगत आएको खण्डमा डाक्टरको सल्लाह लिनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर