जनताको अधिकार खोस्ने विरुद्ध फेरि अर्को लडाई गर्न पनि तयार छु : प्रचण्ड — OSNepal

जनताको अधिकार खोस्ने विरुद्ध फेरि अर्को लडाई गर्न पनि तयार छु : प्रचण्ड

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब, भूमिहीन सुकुम्बासीको दिगोरूपमा समस्या समाधान गर्न लागि परेको बताएका छन् ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी भएका प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आउँदो चुनावसम्म देशभरका सुकुम्बासीलाई लालपुर्जा वितरण गरिसक्ने दावी गरेका उनले भनेका छन्, ‘गणतन्त्र र सङ्घीयताविरुद्ध केही तत्व सडकमा सल्बलाउन लागेका छन् , आवश्यक परे विद्रोह पनि गरिने छ ।’

पाली जनताको लामो सङ्घर्ष र बलिदानले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित बताएका उनले जनताको अधिकार खोस्ने विरुद्ध फेरि अर्को लडाई पनि गर्न आफु तयार भएको बताएका छन् ।

आफ्नो पार्टीले जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भूमि व्यवस्थापनमा विशेष जोड दिएको समेत उनले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर