जेल बाट बाहिर आए संगै राज कुन्द्रा लाई अभिनेत्री शर्लिन चोपडाको गतिलो ब्यंग, राजको ट्वीटरको बायोमा यस्तो लेखिएको रहेछ — OSNepal

जेल बाट बाहिर आए संगै राज कुन्द्रा लाई अभिनेत्री शर्लिन चोपडाको गतिलो ब्यंग, राजको ट्वीटरको बायोमा यस्तो लेखिएको रहेछ

LC (KTM) September 21, 2021 0

पोर्नाेग्राफी केसमा जेलमा २ महिना बिताएर राज कुन्द्रा बाहिर आएका छन् । उनलाई हिजो मजिस्ट्रट ोर्टले ५० हजार भारतीय रुपैयामा धरौटीमा रिहा गरेको हो । राजको यो जमानत परिवारका लागि खुशी र राहतको कुरा हो ।

तर केही भने यस रिहाई लाई लिएर एकदमै दुःखी रहेका छन् । त्यसमध्ये अभिनेत्री शर्लिन चोपडा एक हुन् । शर्लिनले कति पटक बयानमा तथा पुलिस संगको सोधपुछका क्रममा आफ्नो रिस प्रकट गरेकी थिईन् । उनले राज कुन्द्रा मात्र नभएर यस केसमा अभिनेत्री शिल्पा शेट्टीलाई पनि घसेटेकी थिईन् ।

अब राज कुन्द्राको जमानत पछि शर्लिन्ले राजको ट्वीटर बायो लाई पोइन्ट आउट गर्दै ब्यंग प्रहार गरेकी छिन् । राज कुन्द्राको ट्वीटर बायोमा लेखिएको छ – बाटोको सहि छनौट नै जिन्दगी हो । राजको ट्वीटर ह्याण्डलमा उनकी पत्नी शिल्पा तथा छोरा बियान छन् ।

यसको स्क्रीन शर्ट शेयर गर्दै शर्लिनले राज लाई ब्यंग हान्दै लेखेकी छिन्– कति प्यारो ट्वीटर बायो छ । राजमाथी पोर्नाेग्राफी जस्तो संगीन आरोप लागेकोले शर्लिनले घुमाएर उनलाई पोष्ट मार्फत दनक दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर