तीस हजार घुससहित सव–इन्जिनियर अख्तियारको फन्दामा — OSNepal

तीस हजार घुससहित सव–इन्जिनियर अख्तियारको फन्दामा

LC (KTM) July 04, 2021 0

ओखलढुंगा २० असार । तीस हजार घुससहित सव–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

जिल्लाको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई अख्तियारले पक्राउ गरेको हो । भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा पासवानलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पासवान माथि थप अनुशन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर