देउवा बिरुद्ध कोइराला परिवार एक हुदै , १४ औ महाधिबेशनमा सभापतिमा दाजु शेखरलाई साथ दिने शशांकको संकेत — OSNepal

देउवा बिरुद्ध कोइराला परिवार एक हुदै , १४ औ महाधिबेशनमा सभापतिमा दाजु शेखरलाई साथ दिने शशांकको संकेत

LC (KTM) November 17, 2021 0

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिए संगै नयाँ समिकरणले नयाँ तरंगहरु ल्याईरहेको छ । गिरिजा प्रसाद कोईरालाको निधन पछि एकछत्र पार्टीमा गुट चलाएर राज गर्न सफल भएका सभापति शेर बहादुर देउवालाई यसपालीको महाधिबेशन महंगो साबित हुने संकेत मिलेको छ । यसै क्रममा कोईराला परिवार फेरी देउवा बिरुद्ध एक ठाउँमा उभिने छाँट देखिएको छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सभापतिका आकांक्षीमध्ये दाजु शेखरलाई साथ दिने संकेत गरे संगै पार्टीमा नयाँ तरंग आएको हो । यसले कांग्रेस, त्यसमा पनि संस्थापन इतर समूहलाई झट्का लागेको छ । संस्थापन समूहबाट सभापतिका लागि शेरबहादुर देउवा उम्मेदवारको आकांक्षी छन् ।

त्यस्तै उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापतिको आकांक्षी रहेका छन् । सबैले सभापतिको अडान राखि रहेका बेला शशांकले भने दाजु शेखरलाई साथ दिने संकेत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर