नेकपा एमालेको महाधिवेशनको चार खण्डमा विभाजन हुने मञ्चमा ७२ जना कलाकारले एकै पटक नाच्न मिल्ने — OSNepal

नेकपा एमालेको महाधिवेशनको चार खण्डमा विभाजन हुने मञ्चमा ७२ जना कलाकारले एकै पटक नाच्न मिल्ने

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनमा एकै पटक ७२ कलाकार नाच्न मिल्ने गरी मञ्च बनाइने भएको छ ।

चितवनमा सुरु हुने महाधिवेशनमा १०० जना अतिथि रहने गरी आकर्षक मञ्च बनाइने बताइएको छ । चार खण्डमा विभाजन हुने मञ्चको माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिएका छन् ।

मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो रहनजे पनि जानकारी दिएका छन् । कार्यक्रमस्थलसहित विभिन्न २० ठाउँमा डिस्प्लेमार्फत द्घाटन सत्रमा प्रदर्शन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर