पाँच जना न्यायाधीश इजलासमा फर्किएपछि न्यायाधीशहरुले बारलाई भने- प्रधानन्यायाधीशको राजीनामा विषयमा एकमत छौं — OSNepal

पाँच जना न्यायाधीश इजलासमा फर्किएपछि न्यायाधीशहरुले बारलाई भने- प्रधानन्यायाधीशको राजीनामा विषयमा एकमत छौं

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्नेमा १९ जना न्यायाधीश नै एकमत रहेको बताएका छन् । मंगलबार बसेको नेपाल बार एशोसिएसनको बैठकमा सर्वोच्चका १३ जना न्यायाधीश मात्र सहभागी भएका थिए ।

त्यसलगत्तै बारले न्यायाधीश विरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिएका थिए । तथापी, छलफलमा सहभागी सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले बैठकमा न्यायाधीश सहभागी नभएपनि आफुहरुमा जवराले राजीनामा दिनुपर्नेमा एक्मत रहेको स्पष्ट पारेका छन् ।

न्यायाधीशहरू कुमार रेग्मी, कुमार चुडाल, बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्मा मंगबारबाट नियमित इजलासमा फर्किएका छन् । उनीहरु अब आन्दोलनमा सहभागी नहुने भन्दै आजबाट इजलास फर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर