पासाङ ल्हामु शेर्पाको गीतमा नायक पुष्प खड्का र एलिशा राईको रोमान्स — OSNepal

पासाङ ल्हामु शेर्पाको गीतमा नायक पुष्प खड्का र एलिशा राईको रोमान्स

LC (KTM) October 19, 2021 0

तपाईहरु झुकिन सक्नु हुन्छ । पासाङ ल्हामु शेर्पाको गीत भन्दा । उनी सगरमाथा हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला नभएर एक गायीका रहेकी छिन् । उनै गायिका पासाङ ल्हामु शेर्पाको ‘टारी खेत’मा को म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्तिराम राईको शब्द संगीत रहेको यस गीतको म्युजिक भिडियो शेर्पाले लोकप्रिय गायक राजेश पायल राई संगको सहकार्यमा सार्वजनिक गरेकी हुन्। गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन् भने छायांकन शम्भु चालिसेको रहेको छ ।

त्यस्तै भिडियो सम्पादन राजेश कुमारले गरेका छन् । पासाङको यो गीतमा भने अहिले चलेका नायक तथा मोडल पुष्प खड्का र डान्सकी रानी एलिशा राईले रोमान्स गरेका छन् । उनीहरुको जोडीलाई यो गीतमा एकदमै सुहाएको छ । यस गीतको म्युजिक भिडियोमा सुरेश कोहली,आरोही चापागाई,प्रताब मगर,कुसुम केसीको समेत अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर