प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन — OSNepal

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

LC (KTM) November 22, 2021 0

डडेल्धुरा, ६ मङ्सिर -प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन हुनुभएको छ । उहाँ गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिनुभयो । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिनुभएको थियो ।

यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ । कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर