बलिउडमा एक पछि अर्को कलाकारलाई कोरोना संक्रमण भएका बेला अभिनेत्री नोराले जितिन् कोरोना, भनिन् अब म पुर्ण रुपमा निको भए — OSNepal

बलिउडमा एक पछि अर्को कलाकारलाई कोरोना संक्रमण भएका बेला अभिनेत्री नोराले जितिन् कोरोना, भनिन् अब म पुर्ण रुपमा निको भए

LC (KTM) January 12, 2022 0

कोरोनाबाट निको भएपछी ‘दिलबर गर्ल’ अर्थात बलिउड अभिनेत्री नोरा फतेही फेरि आफ्नो काममा फर्किएकि छिन् । नोरा हालै मुम्बईमा देखिएकी थिइन् । हल्का नीलो कुर्ता र पलाजोमा नोरा निकै आकर्षक देखिएकी थिइन् । तर नोराको भिडियो र तस्विर देखेपछि मानिसहरुले उनलाई ट्रोल गर्न थालेका छन् ।

जब फोटो पत्रकारहरुले नोरालाई देखे, तिनीहरूले नोरालाई आफ्नो क्यामेरामा कैद गर्न थाले । नोराको भिडियो र फोटोहरू देख्ने बित्तिकै सोशल मिडियामा एकै छिनमा भाइरल भयो । तर नोराको भिडियो हेरेपछि मानिसहरुले उनको एउटा कुरा मन पराएनन् । भिडियोमा नोराले कारबाट ओर्लने क्रममा मास्क लगाएको देख्न सकिन्छ ।

तर कारबाट ओर्लिएपछि उनले सार्वजनिक स्थानमा मास्क फुकालेको र त्यसपछि मास्क लगाएको देखिदैन । नोरा केही दिनअघि कोरोनाबाट निको भएकी थिईन् । यस्तो अवस्थामा सोशल मिडिया प्रयोगकर्ताहरूलाई नोराको मास्क फुकाल्नु पटक्कै मन परेन र उनीहरूले नोराको यो कार्यलाई लिएर ट्रोल गर्न थालेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्,– त्यतिबेला पनि मास्क लगाउन बुद्धि आएन र कोरोना भयो । अर्का एक प्रयोगकर्ताले नोरालाई गाली गर्दै लेखेका छन् –यिनले केही सिकेकी छैनन् । अझै मास्क लगाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर