बारका अध्यक्ष श्रेष्ठले भने, यदि उहाँ सक्षम हुँदाहुँदै राजीनामा छल्न अस्पताल जानुभएको हो भने त्योजस्तो लज्जास्पद कुरा केही हुँदैन — OSNepal

बारका अध्यक्ष श्रेष्ठले भने, यदि उहाँ सक्षम हुँदाहुँदै राजीनामा छल्न अस्पताल जानुभएको हो भने त्योजस्तो लज्जास्पद कुरा केही हुँदैन

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीस्श चोलेन्द्र शम्शेर जवराले तत्काल कार्यवाहक प्रधानन्यायधीश तोक्न माग गरेको छ ।

कार्यवाहक टुङ्गो नलाग्दा जलिस्ट प्रकाशन हुन नसकेको भन्दै शाक्यले ‘न्यायालय प्रधानन्यायाधीश विहीन बनेको छ । कार्यवाहक प्रधानन्यायाधीश को हो ? भनि प्रश्न गरेका छन् ।उनले दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिनुपर्ने पनि सुझाव दिएका छन ।

केहि दिन देखि प्रधानन्यायाधीश जवरालाई कोरोना संक्रमण भई उपचार गराइरहेका छन् । जसले गर्दा अदालतको कामकारवाही प्रभावित बनेको छ । यस विषयलाई लिएर सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च बार एसोसिएसनका प्रतिनिधिबीचबीच बिहीबार छलफल भएको छ ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ‘हामीलाई सुतेर बस्ने प्रधानन्यायाधीश चाहिएको होइन । यदि उहाँ सक्षम हुँदाहुँदै राजीनामा छल्न अस्पताल जानुभएको हो भने त्योजस्तो लज्जास्पद कुरा केही हुँदैन,’ भनेका छन् ।

बारसँगको छलफल पछि न्यायाधिशहरु छलफलमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर