मोटरसाइकलमा हुँईकिदै गरेका एक युवक बसपार्कबाट यस्तो अवस्थामा पक्राउ — OSNepal

मोटरसाइकलमा हुँईकिदै गरेका एक युवक बसपार्कबाट यस्तो अवस्थामा पक्राउ

LC (KTM) November 21, 2021 0

काठमाडौं ५मंसिर । अवैध लागुऔषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-५ बस्ने २४ वर्षीय अभिषेक राजबंशी रहेका छन् ।

निजलाई ज.८ प ८१३२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले चक जाँच गर्ने क्रममा उत्त अवैध लागु औषध सहित पक्राउ गरिएको हो ।

झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट ३ ग्राम ३ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ उनी पक्राउ परेका हुन् ।

पक्राउ परेका निजउपर थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर