राष्ट्रपति भण्डारीसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश — OSNepal

राष्ट्रपति भण्डारीसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

LC (KTM) November 24, 2021 0

काठमाडौँ, ८ मङ्सिर -राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्युजिल्याण्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

सिङ्गापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्युजिल्याण्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर