नुरगङ्गा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई — OSNepal

नुरगङ्गा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

LC (KTM) April 25, 2024 0

काठमाडौँ, १३ वैशाख: नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले रु एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
का सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार गुठीले रु ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई, रु २५ हजारको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोइना दाहाललाई र रु २० हजार राशिको क्षेत्रीय नवप्रतिभा गायन पुरस्कार अर्घाखाँचीका कुशल बेलवासेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कार आगामी जेठ ११ गते प्रदान गरिने उहाँले बताउनुभयो । विगत ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा सक्रिय सर्जकहरूलाई गुठीले पुरस्कृत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर