ललितपुरबाट सात जुवाडे पक्राउ — OSNepal

ललितपुरबाट सात जुवाडे पक्राउ

LC (KTM) January 13, 2022 0

ललितपुर २९ पौष । ललितपुर महानगरपालिका-१५ ताल्छिखेलमा कौडा खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-८ पाटन सुन्धारा बस्ने ३७ वर्षीय पवित्र महर्जन, ललितपुर महानगरपालिका-८ बस्ने ४२ वर्षीय महेश श्रेष्ठ, ललितपुर महानगरपालिका-१९ बस्ने ४१ वर्षीय विकास शाक्य, ललितपुर महानगरपालिका-७ बस्ने ३२ वर्षीय सुमन महर्जन, बारा गढीमाई नगरपालिका-४ वतन भई ललितपुर बस्ने २४ वर्षीय रोशन कुमार साह, चितवन रत्ननगर नगरपालिका-४ घर भई ललितपुर बस्ने २९ वर्षीय विनोद नेपाल र धादिङ धुनिवेशी नगरपालिका-७ थाक्रे घर भई ललितपुर बस्ने २४ वर्षीय मनिष पण्डित रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नगद २ लाख १३ हजार ५ सय ४७ रुपैयाँ र १६ वटा कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत ललिरपुरबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यसैगरी सल्यान, शारदा नगरपालिका-२ खंलगा बस्ने ७० वर्षीय विश्व राईको घरमा जुवातास खेलिरहेको अवस्थामा विश्व राई लगायत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ४७ हजार ३ सय ६५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर