लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक राजु परियार गृह जिल्लामा सम्मानित — OSNepal

लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक राजु परियार गृह जिल्लामा सम्मानित

LC (KTM) November 25, 2021 0

लमजुङ, ९ मंसिर -नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक लोक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ । परियारलाई लमजुङ गाउँशहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो ।

लोकदोहोरीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँशहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए ।

परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र लमजुङ गाउँशहर समाजका संयोजक थापाले सम्मान गरेका हुन् ।

गायक राजु परियारसँगै उपकुलपति गुरुङ, त्रिभुवन विश्वविद्यालय इतिहास विभागका विभाग प्रमुख डा. बमबहादुर अधिकारी र गाउँशहरका ज्येष्ठ नागरिक १ सय ४ वर्षीय रामबहादुर मालुवालाई अभिनन्दन गरिएको सशस्त्र प्रहरीका पूर्व एआइजी एवं लमजुङ गाउँशहर समाजका सदस्य रोहित थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर