टोटेनहम , वेस्ट ह्यामसँग पराजित — OSNepal

टोटेनहम , वेस्ट ह्यामसँग पराजित

LC (KTM) October 24, 2021 0

टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको आजको खेलमा पराजित भएको छ । आज सम्पन्न खेलमा टोटेनहम वेस्ट ह्यामसँग एक शुन्य गोल अन्तरले स्तब्ध भएको हो । वेस्ट ह्यामको जितमा माइकल एन्टोनियो नायक बने । उनले खेलको ७२ औं मिनेटमा जितका लागि निर्णायक गोल गर्न सफल भएका थिए । आजको यो जितसँगै वेस्ट ह्यामले ९ खेलमा १७ अंक जोड्न सफल भएको छ । वेस्ट ह्याम चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर