राष्ट्रियसभा सदस्यको निर्वाचन मितिको टुंगो सरकारले छिट्टै लगाउँछ : प्रधानमन्त्री देउवा — OSNepal

राष्ट्रियसभा सदस्यको निर्वाचन मितिको टुंगो सरकारले छिट्टै लगाउँछ : प्रधानमन्त्री देउवा

LC (KTM) October 25, 2021 0

काठमाडौँ ८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मितिको टुंगो सरकारले छिट्टै लगाउने जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले आज सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा यस्तो जानकारी दिएका हुन् ।

भेटमा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको बताइएको छ । प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निष्कर्षमा पुग्ने समेत देउवाले भेटका क्रममा बताएक छन् ।

निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा छलफल भएको बताइएको छ ।
यस्तो भनिएको छ विज्ञप्तीमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर