राष्ट्रियसभाका २० सदस्य आगामी फागुन २० गतेदेखि पदमुक्त हुँदै सबैभन्दा धेरै एमालेबाट — OSNepal

राष्ट्रियसभाका २० सदस्य आगामी फागुन २० गतेदेखि पदमुक्त हुँदै सबैभन्दा धेरै एमालेबाट

LC (KTM) October 25, 2021 0

काठमाडौँ ८ कात्तिक । राष्ट्रियसभाका २० सदस्य आगामी फागुन २० गतेदेखि पदमुक्त हुने भएका छन् । पदमुक्त हुनेमा नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा (एकीकृत समाजवादी)का ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद रहेका छन् ।

यसरी पदमुक्त हुनेमा नेकपा एमालेका धेर्रै सांसद रहेका छन् । पदमुक्त हुनेमा एमालेको तर्पmबाट परशुराम मेघी गुरुङ, कोमल वली , चक्र स्नेही, सुमनराज प्याकुरेल, कविता बोगटी, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई रहेका छन् ।

त्यसैगरी, माओवादी केन्द्रबाट निर्वाचित दीनानाथ शर्मा , जीवन बुढा, शशीकला दाहाल र खिमकुमार विक रहेका छन् ।

यस्तै ,नेकपा एकीकृत समाजवादीमा रहेका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी रहेका छन् ।

यसैगरी, नेपाली कांग्रेसबाट राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डे रहेका छन् । अर्का मनोनित सांसद रामनारायण बिडारी राष्ट्रिय सभाबाट बिद हुने भएका छन् । यी २० जना सांसहरु आफ्नो चार वर्षे कार्यकाल पुरा गरी बिदा हुने भएका हुन् ।

२०७४ साल फागुनमा पहिलो पटक भएको निर्वाचनबाट राष्ट्रियसभामा ५९ सदस्यको गोलाप्रथाबाट कार्यकाल तय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर