ओलीलाई लाग्यो झड्का : प्रभु शाहले नेकपा ब्युँताउन तयार पारे ५१ सदस्यीय कमिटि — OSNepal

ओलीलाई लाग्यो झड्का : प्रभु शाहले नेकपा ब्युँताउन तयार पारे ५१ सदस्यीय कमिटि

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । नेकपा एमालेका नेता प्रभु शाहले पुरानै नेकपा ब्युँताउने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफ्ना आड आँठ बुँदे माग पुरा नगरी केहि नेतालाई पद बाड्ने र फकाउने गरेको भएकाले नेता शाहले पुरानै नेकपा ब्युँताउने भएका हुन् ।

माओवादी केन्द्र परित्याग गरेका शाहले यस्तो अवस्थामा आफु एमालेमा बस्न नसक्ने भन्दै ५१ सदस्यीय केन्द्रिय किमिटिको नामावली समेत तयार भइरसकेको बताइएको छ । यसको केहि दिनमा नै घोषणा हुने पनि शाह निकट स्रोतले जनाएको छ ।

शाहले तत्कालका लागि नेकपा नाम राखृेर नै अघि बढ्ने स्रोतले जनाएको छ । ५१ सदस्यीय कमिटिमा पुर्व सांसद तथा पुर्व माओवादीका केहि नेताहरुको समेत सहभागी भएको बुझिएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि शाह एमाले तिर लागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर