परमादेश अघिकै सेटिङका कारण सर्वोच्च अदालतमा तमासा भइरहेको छ : अध्यक्ष ओली — OSNepal

परमादेश अघिकै सेटिङका कारण सर्वोच्च अदालतमा तमासा भइरहेको छ : अध्यक्ष ओली

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । नेकपा एमालेका केपी शर्मा ओलीले परमादेशअघिकै सेटिङ’का कारण सर्वोच्च अदालतमा तमासा भइरहेको बताएका छन् । विराटनरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले अदालत लोकतन्त्रको स्तम्भ भएकोले निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्त बमोजिमको न्यायालय हुनुपर्ने बताएका हुन् ।

प्रधानन्यायाधिशको विषयमा आफ्नो पार्टीले केही नबोल्ने बताएका ओलीले भनेका भने,’अदालतलाई बद्नाम र बेइज्जत गर्ने काम गर्नु हुँदैन । अदालतप्रति जनताको विश्वास उठ्ने काम नहोस्’ ।

अदालतलाई मर्यादित, विश्वनीय र निष्पक्ष बनाउन न्यायाधीश, नेपाल बार, सर्वोच्च बारले समेत ध्यान दिनु जरुरी रहेका ओलीले बताएका छन् । ‘दल विशेषको गुटबन्दी, लेनदेनको सेटिङमा बार मुछिनु हुँदैन ’उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर