प्रधानन्यायाधीश जवराको विषयमा नेता ज्ञवालीको टिप्पणी : 'युज एण्ड थ्रो'अभियानले भोलि अरूलाई पनि शिकार बनाउँछ — OSNepal

प्रधानन्यायाधीश जवराको विषयमा नेता ज्ञवालीको टिप्पणी : ‘युज एण्ड थ्रो’अभियानले भोलि अरूलाई पनि शिकार बनाउँछ

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । नेकपा एमालेका नेता तथा प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा एक जनालाई मात्र निराश बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने होइन, झनै संस्थागत गर्नु र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नु मात्रै भएको नेता ज्ञवालीको तर्क रहेको छ ।

ज्ञवालीले यो युज एण्ड थ्रोु अभियानले भोलि अरूलाई पनि यसै गरी शिकार बनाउने स्पष्ट पारेका छन् । निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने- यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति। उनले भनेका छन् ।

‘सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण छ। न्यायालयमा समस्या विगतमा पनि थियो, तर यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा पर् यो। निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने- यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति।’

उनले सामाजिक सञ्जाल फेसबकमा लेखेका छन्, ‘एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने होइन, झनै संस्थागत गर्नु र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नु मात्रै हो। ‘युज एण्ड थ्रो’ यस अभियानले भोलि अरूलाई पनि यसै गरी शिकार बनाउनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर